पोखरामा कुलायन समितिद्वारा सम्मानित

Share:

पोखरा । सिमलचौर बराल कुलायन संरक्षण समिति, पोखरा महानगरपालिका-१३ आर्वाले कुल संरक्षणमा योगदान पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान् गरेको छ।

कुल पुजाको अवसरमा आयोजित कार्यक्रममा समितिका संरक्षक कृष्ण प्रसाद बराल, जेष्ठ नागरिक कृष्णराज बराल, निलकण्ठ बराल,कलाधर बराल,पितृ प्रसाद बराल र नन्दकली बराललाई सम्मान गरिएको समितिका सदस्य अन्जु बरालले जानकारी दिए।

उनीहरूलाई पोखरा- १३ का वडाध्यक्ष किरण बराल , समितिका अध्यक्ष घनश्याम वराल र उपाध्यक्ष मिथिला बरालले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरे।

कार्यक्रममा बोल्दै वडाध्यक्ष बरालले जेष्ठ नागरिक समाजको दर्पण भएको बताउँदै, उनहरुको प्रेरणाले समाज विकासमा योगदान पुग्ने बताए।

उनले यसक्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्रको रूपमा विकास गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए। समितिका अध्यक्ष घनश्याम वरालको अध्यक्षतामा भएको कार्यकममा समाजसेवी भुपेन कुवंर, समितिका सचिव घनश्याम वराल लगायतले सामुहिक भावनाले नै समाज समृद्ध बन्ने बताए।

सिमलचौर बरालले कुलपुजा समेत गरेको कार्यक्रमको सञ्चालन प्रचार संयोजक बाबुराम बरालले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: