
काठमाडौँ। आज राति तीन प्रदेशमा पानी पर्ने सम्भावना रहेको जनाइएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको हो।
महाशाखाका अनुसार हाल गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी भू-भागमा मौसमी प्रणाली विकसित भई पूर्वतिर सर्ने क्रममा रहेको छ। ती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
आज राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ।
कमेन्ट गर्नुहोस्
