
काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमले शनिबार
रातिदेखि लागु हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको हो।
शनिबार बसेको निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ।
घटेपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रति लिटर १६३ र डिजल तथा मट्टीतेल प्रति लिटर १५१ भएको निगमले जनाएको छ।
कमेन्ट गर्नुहोस्

