अन्नपूर्ण- ३ को रास्वपा सभापतिमा षडानन्द पौडेल चयन

Share:

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीले कास्कीको अन्नपूर्ण गाउँ पालिका वडा नं. ३ मा प्रथम वडा भेला गरेको छ। अन्नपूर्णस्थित पत्थरमा हालै सम्पन्न स‍ो भेलाले षडानन्द पौडेललाई  वडा नं. ३  को सभापतिमा चयन गरेको छ ।

साथै, वडा समितिको सचिवमा प्रकाश सुनार चयन भएका छन्। सर्वसम्मत चयन भएको सो समितिको सदस्यहरूमा श्याम पौडेल, सूर्य नेपाली, नन्दे बिक, दील बहादुर चदार र एकदेव पौडेल रहेका छन्। सो भेलाको उद्घाटन गर्दै रास्वपा गण्डकी प्रदेशका महामन्त्री नवीन त्रिपाठीले रास्वपासँग जोडिनेहरूको संख्या दिनप्रतिदिन बढिरहेको बताए। सो कार्यक्रमका विशेष अतिथि कास्कीका कार्यवाहक सभापति राजु राईले कास्कीका जनतासँग जोडिएका पछिल्ला अभियान र कार्यक्रमबारे प्रकाश पारेका थिए।

स्थानिय नेता उपेन्द्र गिरीको अध्यक्षतामा सम्पन्न सो भेलामा रास्वपा अन्नपूर्णका सभापति फणिन्द्र अधिकारी र उपसभापति दिल बहादुर क्षेत्री लगायतका नेताहरूले सम्बोधन गरेका थिए।

सपथ ग्रहण पश्चात् नवनिर्वाचित सभापति षडानन्द पौडेलले वडास्तरका कार्यक्रम तथा योजनाहरू प्रस्तुत गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: