
पोखरा । पोखरा-छेन्दु उडान सुरु भएको छ । सिचुवान एयरलाइन्सले मंगलबारदेखि छेन्दु-पोखरा उडान सुरु गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
आज पहिलो दिन एयरबस-३९१ विमानमार्फत १२८ जना चिनियाँ पर्यटक पोखरा आइपुगेका छन्, भने फर्किने क्रममा पोखराबाट १२६ जना यात्रु छेन्दु गएका छन्।
पोखराका मेयर धनराज आचार्यसहित पर्यटन व्यवसायी टोली चीन भ्रमणमा निस्केका हुन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सबै सुविधा रहेको जनाइएको छ।
सिचुवान एयरलाइन्सले हप्तामा एकपटक चार्टर्ड उडान गर्नेछ, भने १० हप्तापछि व्यवसाय हेरी नियमित सेवा सुरु गर्ने योजना छ।
कमेन्ट गर्नुहोस्
