२५ करोडसहित कुसाङ लामा पक्राउ

366
0
Share:

काठमाडौं । प्रहरीले २५ करोड रुपैयाँ बराबरको अमेरिकी डलर तथा युरोसहित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– १ का कुसाङ लामालाई पक्राउ गरेको छ।

सोमबार राति लामा टोखाबाट पक्राउ परेका हुन्। उनले ट्रकको सिटमुनि फल्स बटम बनाएर डलर र युरो चीन तस्करी गर्ने प्रयास गरेका काठमाडौँ अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए।

प्रहरीले १३ लाख ७५ हजार एक सय ५० युरो तथा तीन लाख २० हजार ८५० अमेरिकी डलर बरामद गरेको हो। पक्राउ परेका लामा ०७३ सालमा सुन तस्करीमा पक्राउ परेकोमा पाँच वर्ष जेल बसेर छुटेका थिए।

चिनियाँ नागरिकहरूले आफूलाई सो डलर र युरो दिएको उनले सोधपुछमा बताएका छन्। तस्करीका नाइके गिरोहमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

कमेन्ट गर्नुहोस्
Share: