
काठमाडौँ । कहिले काहीँ तपाईँ हामी पनि अन्तरङ्ग वा गोप्य फोटो, भिडिओ वा अडियो आफ्ना साथीभाइ तथा प्रेमी-प्रेमिका बीच आदानप्रदान गरिरहेका हुन्छौँ । यसरी पठाएको फोटो, भिडिओ वा अडियो अर्को व्यक्तिले भोलिका दिनमा दुरुपयोग गर्ने वा सेभ गरेर राख्ने जोखिम पनि सँगसँगै रहन्छ ।
यस्तै किसिमको समस्या समाधान हुने गरी मेटा कम्पनीले फेसबुक मेसेन्जर र ह्वाट्सएपमा एउटा विशेष फिचर ल्याएको छ। ‘भ्यु वन्स’ फिचर प्रयोग गरी तपाईँले कुनै फोटो पठाउनु भयो भने प्राप्त गर्ने व्यक्तिले खोलेपछि आफैँ मेटिएर जान्छ । यति मात्र होइन, यसरी पठाएको फोटो, भिडिओ वा अडियो पाउने व्यक्तिले अरूसँग शेयर गर्न, फर्वार्ड गर्न, सेभ गर्न, कपी गर्न वा स्क्रिनशट लिन पनि सक्दैन।
ह्वाट्सएपमा कसरी प्रयोग गर्ने भ्यु वन्स फिचर ?
– यसका लागि सबैभन्दा पहिला ह्वाट्सएप खोल्नुहोस् र एकपल्ट खोलेपछि आफैँ हराउने गरी फोटो, भिडिओ वा भोइस पठाउन चाहेको व्यक्तिको मेसेज बक्समा जानुहोस् ।
– अब अट्याचमेन्ट आइकन वा क्यामेरा आइकनमा थिचेर पठाउन चाहेको भिडिओ वा फोटो छान्नुहोस् ।
– यति गर्ने बित्तिकै क्याप्सन लेख्ने बक्सभित्र दायाँतर्फ घेराभित्र रहेको 1 देखिन्छ, त्यसमा थिच्नुहोस् र उक्त फोटो वा भिडिओ पठाउनुहोस् ।
– भोइस मेसेजका लागि मेसेज बक्सको दायाँतर्फ रहेको भोइस रेकर्डर अर्थात् माइक बटनमा केही बेर थिच्नुहोस् र त्यसलाई माथितर्फ धकेल्नुहोस् । त्यहाँ रेकर्ड भइरहेको अडियोको वेभसँगै दायाँतर्फ घेराभित्र रहेको 1 मा थिच्नुहोस् ।
– यसरी उक्त मेसेज पठाउनु भयो भने प्राप्त गर्ने व्यक्तिले एकपटक खोलेपछि सो मेसेज आफैँ हराएर जानेछ ।
फेसबुक मेसेञ्जरमा भ्यु वन्स फिचर प्रयोग गर्ने तरिका
– सबैभन्दा पहिला फेसबुक मेसेन्जर एप खोल्नुहोस् र यस्तो मेसेज पठाउन चाहेको व्यक्तिको मेसेज बक्स खोल्नुहोस् ।
– अब पठाउन चाहेको फोटो वा भिडिओ छान्नुहोस् र तल बायाँर्फ रहेको एडिट बटनमा दबाउनुहोस् ।
– त्यहाँ बायाँतर्फ रहेको क्वालिटी, योर स्टोरीसँगै घेराभित्र रहेको 1 मा ट्याप गर्नुहोस्, त्यसको मुनी भ्यु वन्स (View once) देखिएपछि मेसेज पठाउनुहोस् ।
– क्यामेराबाट तत्कालै खिचेर पठाउनु पर्ने फोटो वा भिडिओको लागि क्यामेरा आइकनमा थिचेर फोटो वा भिडिओ खिच्नुहोस् र अघि जस्तै तल देखिने भ्यु वन्सको अप्सन छानेर पठाउनुहोस् ।
एक-पटक मात्रै हेर्न मिल्ने मेसेज कसरी खोल्ने ?
जब तपाईंको ह्वाट्सएपको च्याट बक्समा यस्तो आफैं हराउने मेसेज आउँछ तब त्यसलाई खोल्न र हेर्नका लागि चनाखो त हुनै पर्दछ । किनकि त्यो मेसेज दुईपटक खोल्न र हेर्न सकिँदैन । त्यसले त्यसका लागि :
- आफूलाई प्राप्त भएको १ आइकनसहितको मेसेजमा ट्याप गर्नुहोस्
- त्यसपछि सो मेसेजमा भएको फाइल (भिडियो वा फोटो) खुल्दछ ।
- हेरिसकेपछि Back अप्सनमा ट्याप गर्नुहोस् । यसो गरिसकेपछि अब तपाईले दोश्रो पटक सो मेसेज हेर्न र खोल्न सक्नुहुन्छ । साथै उक्त मेसेज फाइल फोनमा सेभ पनि हुँदैन ।
यद्यपि आफूले प्राप्त गरेको disappearing मेसेज सुरक्षित राख्न चाहनेले स्क्रिनसट वा स्क्रिन रेकर्ड गरेर राख्न भने सक्छ ।
