बैंककमा बम विष्फोट परी कम्तीमा २७ जनाको मृत्यु

Share:

काठमाडौं, श्रावण ३२ । थाइल्याण्डको राजधानी बैंककमा सोमबार साँझ भएको भीषण बम विष्फोटमा कम्तीमा २७ जनाको मृत्यु भएको छ । विष्फोटमा परी ८० बढी घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

राजधानी बैंककको मध्यभागमा पर्ने चिडलम जिल्लाको एरावान मन्दिर नजिकै सो विष्फोट भएको जनाइएको छ । मोटर साइकल बम विफोट गराइएको हुनसक्ने त्यहाँको प्रहरीले जनाएको छ । दुई वटा बम भने सुरक्षाकर्मीले निष्क्रिय बनाएको थियो ।

बरह्माको मन्दिर भए पनि सो मन्दिरमा दैनिक हजारौं वौद्ध धर्मावलम्बीहरु पूजाआराधनाका लागि जाने गरेको पनि समाचारमा जनाइएको छ । विष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।

कमेन्ट गर्नुहोस्
Share: