यु–१९ साफ फुटबल बिहीबारदेखि काठमाडौंमा हुने

Share:

काठमाडौं, श्रावण ३२ । भदौ ३ गते बिहीबारदेखि काठमाडौंमा सुरु हुने पहिलो अन्डर नाइन्टिन साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले तयारी लगभग सकिएको जनाउँदै प्रतियोगिता व्यवस्थित हुने ठोकुवा गरेको छ ।

दशरथ रंगशाला भूकम्पको मारमा परेपछि सबै खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा हुँदैछन् । एन्फा प्रवक्ता ईन्द्रमान तुलाधरले पाँच हजार दर्शक अट्ने भन्दै तीन सय र दुई सयका दुई थरी टिकट हुने जानकारी दिए ।

नेपाली टिमको तयारी पनि राम्रो रहेको मूख्य प्रशिक्षक बालगोपाल महर्जनले जनाएका छन् । नेपाली टोली चर्चित स्ट्राइकर बिमल घर्तीमगरको नेतृत्वमा मैदानमा उत्रदै छ ।
यसैबीच, भारतले पहिलो रोजाइको टोली मलेसियामा जारी अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिपमा ब्यस्त रहेको भन्दै दोस्रो रोजाइको टोली पठाउँदै छ ।

photo courtesy : goalnepal.com

कमेन्ट गर्नुहोस्
Share: