शैक्षिक मेलामा अभिभावक र विद्यार्थीको भीड

Share:

विग न्यूज 

पोखरा, २ भदौ । शैक्षिक मेलामा गएर वैदेशिक अध्ययनको बारेमा परामर्श लिने विद्यार्थी र अभिभावकको सँख्या निकै बाक्लिएको छ । दोस्रो दिन झरी परेपनि अघिल्लो दिनको तुलनामा अझै बढि विद्यार्थी र अभिभावक मेलामा सहभागी भएको आयोजक नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीले जनाएको छ ।

‘अभिभावक र विद्यार्थीहरुमा गुणस्तरिय उच्च शिक्षा लिनुपर्ने भन्ने विषयमा निकै चासो बढेको हामीले पायौँ ।’ मेला सँयोजक मिलन तिवारीले भने–‘अघिल्ला सँस्करणका मेला भन्दा यो पटक अभिभावक र विद्यार्थीहरु परामर्श लिन आउने धेरै छन् ।’ तेस्रो सँस्करणसम्म आईपुग्दा शैक्षिक मेला पनि थप व्यवस्थित भएको उनले दाबी गरे ।

शैक्षिक परामर्श लिन आएका अभिभावक र विद्यार्थीहरुले शैक्षिक मेलाप्रति निकै सकारात्मक प्रतिक्रिया दिएको ईक्यान कास्कीका अध्यक्ष महेश भण्डारीले बताए । ‘परामर्शदाताहरु सबैजना व्यस्त हुनुहुन्छ भने अभिभावक र विद्यार्थीमा उच्च शिक्षा अध्ययनका लागि कुन देश उपयुक्त हुन्छ ? भन्ने चासो छ ।’ भण्डारीले भने–‘वर्षेनी शैक्षिक मेलाको क्रेज बढ्दै गएको मैले महशुस गरेको छु ।’

4444444

मेला विहिबारसम्म चल्ने आयोजकले बताएको छ । विहिबार साँझ ६ बजेसम्म पोखरा सभागृहमा शैक्षिक परामर्श दिने व्यवस्था गरिएको उसले जानकारी दिएको छ । मेला बुधबारदेखि शुरु भएको हो । चर्चित हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले शैक्षिक मेलाको उद्घाटन गरेका थिए ।

मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बांगलादेश, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलीया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मनी, रुस, डेनमार्क लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागीता रहेको छ । शैक्षिक मेलामा ५७ वटा स्टल तथा ६ वटा पाभिलियन रहेका छन् । ईभेन्ट म्यानेजमेन्ट कम्पनी ‘वानअप’ले तीनदिने मेलाको व्यवस्थापनको जिम्मा लिएको छ ।

333333

तेस्रो सँस्करणको वृहत शैक्षिक मेलाको टाईटल स्पोन्सर एक्सेस एजुकेशन नेटवर्क प्रालिले गरेको छ । बेकन प्रिमियर ईन्टरनेशनल एजुकेशनसँगको सहकार्यमा भएको शैक्षिक मेलाको मुख्य प्रायोजकको रुपमा ईम्पल्स ईन्टरनेशनल ईन्स्टिच्यूट रहेको छ । सपोर्टेड बाई टाईटलमा थर्ड आई एजुकेशन रहेको छ । त्यस्तै अन्य प्रायोजकहरुमा डेल्टा एडुकेयर नेपाल, मिराकल ईन्स्टिच्यूट, ट्रिनिटी एजुकेशन फाउन्डेशन, एजुकेशन स्टडी लिंक, कँगारु एजुकेशन फाउन्डेशन, अर्बिट ईन्टरनेशनल र क्विन्सफोर्ड कलेज रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: