
काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरा पक्राउ परेका छन् ।काठमाडौं प्रहरी परिसरले राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा पक्राउ परेको हो।
प्रहरीले केही समय अघि उनीहरूलाई नियन्त्रणमा लिएको जनाउको छ। शुक्रबारको घटनाबारे अनुसन्धानका लागि प्रक्राउ गरिएको जनाएको छ। दुवै जनालाई अस्पतालमा घाइतेलाई भेटेर फर्कने क्रममा नियन्त्रणमा लिइएको हो।
कमेन्ट गर्नुहोस्
