हट्यो काठमाडौँको तीनकुनेमा लगाइएको कर्फ्यु

212
0
Share:

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्रमा जारी गरेको कर्फ्यु आदेश हटाएको छ ।

काठमाडौँ प्रशासनले सार्वजनिक सूचना जारी गर्दै काठमाडौँको तीनकुने र त्यस आसपासको क्षेत्रमा लगाइएको कर्फ्यु आदेश स्थगन भएको जानकारी दिएको हो।

शुक्रबार ४ः२५ देखि राति १० बजेसम्मका लागि लगाइएको कर्फ्यु आदेश पुनः बढाएर शनिबार बिहान ७ बजेसम्म लम्ब्याइएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: