त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन १८ गते हुने

Share:

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियुन (स्ववियु) निर्वाचनको नयाँ मिति तय भएको छ।

निर्वाचन १८ गते बिहान ८ बजेदेखि ४ बजेसम्मलाई तोकिएको विश्वविद्यालय क्याम्पसले एक सूचना जारी गर्दै जानकारी दिएको हो।

यसअघि चैत ८ गते स्ववियु निर्वाचनको मिति तोकिए पनि उच्च अदालतमा मुद्दा दायर भएको थियो। मतदान शिक्षाशास्त्र केन्द्रीय विभागमा हुने सूचनामा जनाइएको छ।

कमेन्ट गर्नुहोस्
Share: