
काठमाडौँ। नेपाल धागो उत्पादक संघले औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्मको लोडसेडिङ हटाई नियमित विद्युत् आपूर्ति सुरु गरेकोमा खुसी व्यक्त गरेको छ।
भारतबाट बिजुली आयात गरी नेपाल विद्युत् प्राधिकरणले यो व्यवस्था गरेपछि धागो उद्योगको उत्पादन लागत घट्ने र निर्यात बढ्ने अपेक्षा गरिएको छ।
संघले यसका लागि प्रधानमन्त्री, ऊर्जामन्त्री, परराष्ट्रमन्त्री र प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशकप्रति आभार प्रकट गरेको छ।
विसं २०५३ सालमा संघको स्थापना भएयता वार्षिक ४० हजार मेट्रिकटन धागो निर्यात गर्दै अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको यो उद्योगले सरकारले औद्योगिक क्षेत्रका लागि चौबिसै घण्टा विद्युत् सुनिश्चित गर्न थप प्रयास गरोस् भन्ने अपेक्षा राख्दै संघका अध्यक्ष पवन कुमार गोल्याणको अध्यक्षातामा एक विज्ञप्ति जारी गर्दै धन्यवाद समेत व्यक्त गरेको छ।
