सुनको मूल्य तोलामा १ लाख ८० हजार नजिक

Share:

काठमाडौँ । पछिल्लो समय सुनको मूल्य निरन्तर बढिरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य कीर्तिमानी बिन्दुमा पुगेको छ ।

महासंघका अनुसार अघिल्लो दिनकै तुलनामा मंगलबार सुनको मूल्य १ हजार ८ सय रुपैयाँ बढेर तोलामा १ लाख ७९ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

अघिल्लो दिन छापावाल सुनको मूल्य १ लाख ७७ हजार ९ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार तोलामा २ हजार ३५ रुपैयाँ कायम भएको चाँदीको मंगलबार पनि सोही मूल्य कायम भएको हो।

कमेन्ट गर्नुहोस्
Share: