पोखरामा ‘कृषि क्विज २०८१’ प्रतियोगिता

Share:

पोखरा। कृषकहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धिका लागि पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाले महानगर क्षेत्रका कृषि सञ्जालहरूको सहभागितामा कृषि हाजिरीजवाफ ‘कृषि क्विज २०८१’ प्रतियोगिता गरेको छ।

कुल ३१ समूहको सहभागिता रहेको प्रतियोगितामा वडा कृषि सञ्जाल ३०, १३ र २९ क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन्।

विजयीलाई क्रमशः २० हजार रुपैयाँ, १५ हजार रुपैयाँ र १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतियोगिताका सहभागी समूह सबैलाई हजारी, मालेपाटन–१ बोडी, कागुनो तथा बास्ना आउने घिरौंलाको बीउ पनि वितरण गरिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: