राजस्थानमा नाइट्रोजन ग्यास चुहिँदा तीन जनाको मृत्यु, ६० भन्दा बढी अस्पताल भर्ना

248
0
Share:

राजस्थान । राजस्थानको बेवार जिल्लामा रहेको एसिड कारखानामा नाइट्रोजन ग्यास चुहिँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ। त्यस्तै ६० भन्दा बढी मानिसहरूलाई अस्पतालमा भर्ना गरिएको छ।

अवैध रूपमा सञ्चालन भइरहेको एउटा कारखानाबाट नाइट्रोजन ग्यास चुहिएको कलेक्टर महेन्द्र खड्गवतले बताएका छन्। प्रहरी र प्रशासनका मानिसहरू समयमै त्यहाँ पुगेर चुहावट रोकेका थिए, अन्यथा ठुलो घटना हुन सक्थ्यो। घटनामा कारखानाका मालिकसहित तीन जनाको मृत्यु भएको छ।

एसडीएम दिव्यांश सिंहले अनुसन्धान जारी रहेको र संयुक्त टोली गठन गरिएको जानकारी दिए। उनले भने, ‘टोलीले सर्वेक्षणमार्फत बेवरमा त्यस्ता कारखानाहरू पहिचान गर्ने र नियमहरू पालना नगर्ने कारखानाविरुद्ध कारबाही गर्न मिल्नेगरी काम गर्नेछ।

आजको घटनाको एफआईआर दर्ता भैसकेको पनि उनले जानकारी दिए। प्रशासनले कारखाना सिल गर्न आदेश दिएको छ भने उक्त क्षेत्र खाली गराइएको छ।-बीबीसी

कमेन्ट गर्नुहोस्
Share: