
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने अदालतले आदेश गरेसँगै पार्टीका नेताहरू छलफलमा जुटेका छन्। अहिले काठमाडौंमा उपलब्ध नेताहरू छलफलमा जुटेका छन्।
सचिवालयका एक नेताका अनुसार, लामिछानेलाई थुनामा पठाउने आदेशपछि रास्वपाले अनपेक्षित फैसला भनेको छ।
रास्वपा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले यो फैसला निकै दुर्भाग्यपूर्ण भएको बताए। उनले भने, ‘मुद्दा नै दुर्भाग्यपूर्ण थियो, फैसला पनि दुर्भाग्यपूर्ण हो। एक वैकल्पिक राजनीतिको सुरुवात गरेको पार्टीका नेतालाई सरकारले फसाएको छ।’
उनले भ्रष्टाचार विरोधी अभियान सुरु गरेकाले पनि सरकारले फसाएको उनले प्रतिक्रिया दिए। उनले फैसलाको पाठ आएपछि के गर्ने भन्ने विषयमा निर्णय हुने बताए।
