
पोखरा । गण्डकी प्रदेश नीति तथा योजना आयोगका दुवै सदस्यले सोमबार सपथ लिएका छन्। आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले प्रमुख सचिव र सचिवहरुको उपस्थितिमा सपथ खुवाएका हुन्।
सरकारले पर्वत फलेवासका डा. योगेन्द्रराज रिजाल र कास्की पोखराकी दुर्गा लामिछानेलाई गत २२ गते सदस्यमा नियुक्त गरेको थियो। रिजाल एमाले र लामिछाने कांग्रेसको कोटाबाट नियुक्त भएका हुन्।
कमेन्ट गर्नुहोस्
