
कैलाली ७ भाद्र ।
संविधानमा विभिन्न मागहरु राख्दै देशभर िभइरहेको आन्दोलनले कैलालीमा उग्र रुप लिएको छ । आन्दोलनले उग्र रुप लिदा जिल्लाको टिकापुरमा आन्दोलनरत थरुहटका कार्यकर्ता र प्रहरी बीचको झडपमा एस.एस.पी सहित ९ जना सुरक्षाकर्मीको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेहरुमा सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकहरु बलराम विष्ट र केशव बोहोराको ज्यान रहेका छन् ।
त्यस्तै झडपमा थरुहटका केही कार्यकर्ताको पनि ज्यान अपुष्ट खबर आए पनि पुष्टि भने भएको छैन । विभिन्न परम्परागत हातहतियार खुँडा र भाला सहित आएका थरुहटका कार्यकर्ताले निषेधाज्ञा तोडेर प्रदर्शन गर्न खोजेको र त्यसलाई रोक्ने क्रममा झडपले उग्र रुप लिएको प्रहरीले जनाएको छ ।
झडपमा घाइते भएका ५५ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । केही दिनदेखि टीकापुरमा राती कर्फ्यु र दिउँसो निषेधाज्ञा जारी हुने गरेको थियो । थारु बाहुल्य क्षेत्रलाई थरुहट राज्यको घोषणा गर्न माग गर्दैै थरुहटले आन्दोलन गरिरहेको छ ।
