अमेरिकाको हड्सन नदीमा हेलिकोप्टर खस्दा ६ जनाको मृत्यु

Share:

काठमाडौं । हड्सन नदीमा हेलिकोप्टर खस्दा ६ जनाको मृत्यु भएको छ। न्यूयोर्कका अधिकारीहरुका अनुसार मर्नेमा तीन बच्चा, तीन वयस्क छन्।

हेलिकोप्टरमा पाइलट र स्पेनबाट आएको एउटा परिवार रहेको अधिकारीहरुले जनाएका छन्। घटनास्थलबाट लिइएका तस्वीरमा हेलिकोप्टर नदीमा उल्टो तैरिरहेको अवस्थामा देखिएको छ।

न्यूजर्सीलाई छुट्याउने हडसन नदीमा भएको दुर्घटनाबारे जानकारी दिंदै न्यूयोर्कको अग्नि नियन्त्रण विभागले घटनास्थल पुगेर अवलोगन गरिएको र विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: