म्याग्दीमा गाडीले च्यापेर एक जनाको मृत्यु

Share:

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको ताकम-मच्छिम-मुना सडकअन्तर्गत उत्तिसिनेमा आज दिउँसो बोलेरो जिप मर्मत गर्ने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ ।

सडक छेउमा रोकिराखेको ग १ ज ७०४९ नम्बरको बोलेरो जिपको पछाडिको भागले च्यापिएर धवलागिरि-३ मुनाका अन्दाजी २६ वर्षीय रोहित शेरपुञ्जाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले ताकम प्रहरी चौकीको टोली घटनास्थल पुगेको जनाउँदै जिल्ला प्रहरी कार्यालयबाट पनि थप टोली अनुसन्धानका लागि त्यसतर्फ जाँदै गरेको बताए ।

उनका अनुसार सडक छेउमा रोकेर राखेको गाडी मर्मत गर्ने क्रममा लच्किएर शेरपुञ्जाको शरिरको कम्मरमा च्यापेको छ । शेरपुञ्जाले गाडी मर्मत सम्बन्धी काम गर्थे ।

कमेन्ट गर्नुहोस्
Share: