
काठमाडौँ । काठमाडौँको तीनकुनेमा दुई जनाको ज्यान जाने गरी हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईंलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याउने प्रहरीले तयारी गरेको छ ।
भारतीय प्रहरीको सहयोगमा उनलाई बिहीबार आसाममा पक्राउ गरिएको थियो । झापाको काँकडभिट्टा नाकामा प्रसाईँ समर्थकहरू भेला भएका छन् । मेची पुलमा आफन्त र समर्थकको भिड बढेपछि उनलाई अर्कै नाकाबाट नेपाल छिराउने तयारी भएको छ ।
नाका परिवर्तन गरेर उनलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याउने प्रहरीको तयारी छ । चैत १५ मा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको थियो ।
कमेन्ट गर्नुहोस्
