
पोखरा । अरुणा लामा-तारादेवी स्मृति श्रष्टा साँझको तेश्रो संस्करण भोलि पोखरामा हुँदैछ । पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनी र एभरेस्ट एफएम ९३ मेगाहर्जको संयुक्त आयोजनामा भोलि चैत ३० गते शनिबार पोखराको बुलौंदीस्थित पोखरा इभेन्ट सेन्टरमा अरुणा लामा–तारादेवी स्मृति श्रष्टा साँझको तेश्रो संस्करण हुन लागेको हो।
भोलि अपाराह्न ३ः४५ बजेबाट शुरु हुने कार्यक्रमको तयारी पूरा भएको कार्यक्रम संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिए। कार्यक्रमको पब्लिक फोरके टेलिभिजनसँगै एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमबाट एकसाथ प्रत्यक्ष प्रशारण हुने श्रेष्ठले बताए।
स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर २०७९ सालदेखि शुरु भएको यो कार्यक्रम हरेक वर्ष माघ तेश्रो शनिबार हुँदै आएको छ। तर यस वर्ष माघ तेश्रो शनिबार गर्ने तयारी चलिरहँदा हार्मोनीका एक सदस्यको असामयीक निधन भएपछि अन्तिम समयमा स्थगित गरिएको थियो।
कालजयी गायीका तारादेवीको माघ १० गते र अरुणा लामाको माघ २२ गते स्मृति दिवस हो। दुवै कालजयी गायिकाद्वयको स्मृति दिवसको बिचको शनिबार पारेर कार्यक्रम गरिँदै आएको छ। नेपाली सांगीतिक क्षेत्रका नक्षत्रहरु अरुणा लामा र तारादेवीको स्मृतिमा उनीहरुप्रति ‘ट्रिब्यूट’ दिने उद्देश्यले आयोजित स्मृति साँझमा पोखरेली कलाकारहरुले अरुणा लामा र तारादेवीका गीतहरु ‘उडी जाउँ भने’, देबी गुरुङ, ‘काली पारे दाइ कति राम्रो’, लक्ष्मी गिरी, ‘भेटिनु छुटिनु त के हो र’, एलिना गुरुङ, ‘फूलै फूलको मौसम तिमीलाई’-रजनी ऋदम राई, ‘यति धेरै माया दिई’–कौशल्या गुरुङ, ‘उकालो ओरालीहरुमा’–इतु जोजिजु, ‘लुकुँ लुकुँ लाग्यो मलाई’–इतु जोजिजु र रामभक्त जोजिजु, ‘सागुरी बारी नि है’–सितल थापा, ‘ए कान्छा मलाई सुनको तारा’, सितल थापा र रामभक्त जोजिजु, ‘तिम्रा पाउहरूमा म’, मितु पाल सिंह, ‘फूललाई सोधें’–संगीता राणा प्रधान, ‘पोहोर साल’ (धुन)-बोबी सुनारले गुञ्जाउने हार्मोनी पोखराका अध्यक्ष इतु जोजिजुले जानकारी दिइन्।
त्यस्तै समूह गीतहरूमा “यो मायालाई भरोसा छैन,” “हाम्रो साहेब” (माया प्रीति चलचित्रबाट), र “सुङावा जस्तो जीवन” (शान्तिदीप चलचित्रबाट) प्रस्तुत गरिनेछ। त्यसबाहेक दुई स्वर किन्नरीका समकालीन गायीकाहरुको गीतपनि यस वर्षदेखि समावेश गरिने संयोजक श्रेष्ठले बताए।
कार्यक्रममा साहित्यकार, गीतकार, चलचित्र निर्देशक तथा अध्येता अन्वेषक प्रकाश सायमी र काठमाडौँमा क्रियाशिल महिला गायिकाहरुको सांगीतिक समूह सुरशक्ति नारी समूहकी अध्यक्ष वरिष्ठ गायिका संगीता प्रधानको विशेष उपस्थिति रहनेछ ।कार्यक्रमको सुरुवातमा अध्येता सायमीले सदाझैं यस वर्षपनि दुबै श्रष्टाका गीतहरुसँग सम्बन्धित अनटोल्ड स्टोरीहरु सुनाउनेछन्।
पोखरा महानगरपालिकाको प्रवद्र्धन र गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा हुने कार्यक्रमको साझेदारहरुमा डिजिटल साउण्ड एण्ड भिजन न्यूरोड, रुपाकोट ज्योति सुनचाँदी दुकान, अटोवेज, बेटर होम एप्लाईन्सेस, सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी (सलिको), सिटिजन फर्निचार न्यूरोड, फिस्टेल आईभिएफ फर्टिलिटी सेन्टर, नारी कलेक्सन चिप्लेढुंगा, कन्चन क्यापिटल अर्चलबोट, मिनबहादुर शेरचन स्टोर्स, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, ड्याडिज किचन्, सफल मिडिया हाउस र रुपाकोट ज्योति सुनचाँदी दुकान, रहेका छन् ।
कार्यक्रमको इभेन्ट पार्टनर्समा हस्पिटालिटी पार्टनरका रुपमा पोखरा भिलेज रिसोर्ट, द ग्राउण्ड्स र सुईखेत रिभर भ्याली रिसोर्ट, टेलिभिजन पार्टनरका रुपमा पब्लिक फोरके टेलिभिजन, अनलाईन पार्टनरका रुपमा एभरेस्ट आवाज डटकम, प्रोमोटेड बाईमा परिचय एडभर्टाईजिङ, साउण्ड पाट्नरका रुपमा एस.के.साउण्ड र भेन्यू पार्टनरका रुपमा पोखरा इभेन्ट सेन्टर रहेका छन् ।
