
काठमाडौँ । बालाजु औद्योगिक क्षेत्रको प्लास्टिक उद्योगमा लागेको आगलागी नियन्त्रणमा आएको छ।
नेपाली सेना, नेपाल प्रहरी, महानगरपालिका र सशस्त्र प्रहरीको गरी ८ वटाभन्दा बढी दमकलको प्रयासपछि औद्योगिक क्षेत्रस्थित गोदावरी प्लास्टिक प्रिन्टिङ प्रेसमा लागेको आगो नियन्त्रणमा आएको हो।
जिल्ला प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले नियन्त्रणमा आगो के कसरी लागेको अहिलेसम्म नखुलेको बताए।
उनका अनुसार क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
