
पोखरा । पोखरामा शनिबार सम्पन्न भएको ‘प्रथम मिडिया कप किङ्स बुद्धिचाल प्रतियोगिता’को उपाधि फोटो पत्रकार युनिश गुरुङले जितेका छन्।
माईन्ड फ्रेस चेस क्लब पोखराको आयोजनामा भएको प्रथम मिडिया कप किङ्स बुद्धिचाल प्रतियोगितामा फोटो पत्रकार गुरुङले १३ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधि जितेका हुन्।
प्रतियोगितामा विशन क्षेत्री द्धितीय, दिपक कुमार श्रेष्ठ तृतीय भए। यस्तै मन क्षेत्री चौथो, प्रकाश ढकाल पाँचौ र सुरज श्रेष्ठ छैठौ भए। प्रतियोगितामा प्रथम भएका गुरुङले ५ हजार नगदसहित मेडल, प्रमाणपत्र ट्रफी प्राप्त गरे।
द्धितीय भएका क्षेत्रीले ३ हजार र तृतीय भएका श्रेष्ठले २ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे भने चौथो, पाँचौ, छैठौं र सातौँ भएका मिडियाकर्मीहरूले मेडल र प्रमाणपत्र प्राप्त गरे।
