
पोखरा। नेपाल रेडक्रस सोसाइटी कास्की अध्यक्षमा कृष्णप्रसाद तिमिल्सिनालाई १ मतान्तरले हराउँदै उर्मिला खड्का (भण्डारी) निर्वाचित भएकी छन्।
शनिबार भएको निर्वाचनमा खड्काले १ सय २७ मत ल्याउँदा तिमिल्सिनाले १ सय २६ मत पाए।महिला उपसभापतिमा १ सय ४२ मतका साथ रमा न्यौपाने कोइराला विजयी हुँदा रमा त्रिपाठीले १ सय ५ मत पाइन्।
खुला उपसभापतिमा सुरेन्द्र गुरुङले १ सय २९ मत ल्याएर विजयी भए। अर्का उम्मेदवार खेमराज सापकोटाले १ सय २० मत पाए यसैगरी मन्त्रीमा १ सय ३३ मतका सन्तोष अधिकारी विजयी भए।
कोषाध्यक्षमा मोहनसिंह खड्का र उपमन्त्रीमा डिल्लीराम बराल विजयी भएका छन्। उपकोषाध्यक्षमा कालिदास सापकोटा निर्वाचित भएका छन्।
हेर्नुहोस् विवरण:
कमेन्ट गर्नुहोस्

