सहकार्य गरेर अगाडि बढ्न मेयर आचार्यको आह्वान

Share:

पोखरा । नयाँ वर्ष २०८२ को अवसरमा सोमबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सहकार्य, समझदारी र साझा सपना बोकेर अगाडि बढ्न सबैलाई आह्वान गरेका छन्। पोखराको महेन्द्रपुलस्थित अन्तर्राष्ट्रिय झण्डापार्कमा मेयर धनराज आचार्यले नेपालको राष्ट्रिय झन्डा फहरफराउँदै उनले यस्तो बताएका हुन्।

उनले नयाँ वर्षको सुरुवातसँगै सबै योजना समयमै सुरु हुने र तोकिएको समयमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै अनुशासन र कर्तव्यबोधमार्फत समृद्धिको शिखरतर्फ सँगै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

‘समयको यथार्थ र संस्कृतिको सम्मान गर्दै निर्धारित समयमा सुरु भएका कर्महरूले हामीलाई कर्तव्य, अनुशासन र आशाको बाटो देखाउँछन्,’ नगर प्रमुख आचार्यले भने। उनले साझा उद्देश्य प्राप्तिका लागि सबैलाई एकताबद्ध भई अघि बढ्न आग्रह गरे।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, जनप्रतिनिधि, नगर कर्मचारी लगायतको उपस्थिति थियो।

कमेन्ट गर्नुहोस्
Share: