युनाइटेड क्लबको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम, ४६ युनिट भयो संकलन

Share:

पोखरा । युनाइटेड क्लबले १५ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको खुला रक्तदानमा ४६ युनिट रगत संकलन भएको छ। कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराका वरिष्ठ प्राविधिक महेन्द्र केसीले हरेक ३ महिनामा रक्तदान गरेको खण्डमा रगत चाहिनेहरुले जीवन पाउने बताए।

क्लबका अध्यक्ष लोकबहादुर थापाले सामाजिक काममा अगाडि बढिरहेको क्लबले आयोजना गरेको रक्तदानमा सहभागी भएकोमा धन्यवाद दिए।

क्लबले नयाँ वर्षको पहिलो दिन पोखरा वृद्धाश्रममा आश्रितलाई खाद्यान्न वितरण गरेको थियो। क्लबका कार्यसमिति सदस्य विष्णुकुमार गुरुङको संयोजकत्वमा कार्यक्रम भएको हो।

कमेन्ट गर्नुहोस्
Share: