कस्केली अधिकृत समाजको भित्तेपात्रो लोकार्पण

Share:

पोखरा । कस्केली अधिकृत समाज, कास्कीले नयाँ वर्ष २०८२ का अवसरमा शुभकामना आदानप्रदान एवम् भित्तेपात्रो लोकार्पण गरेको छ। कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष एवम् समाजका आजीवन सदस्य लोकनाथ आचार्य, समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदी, सल्लाहकारहरू लगायतले भित्तेपात्रोको संयुक्त रुपमा लोकार्पण गरे।

कार्यक्रमका प्रमुख अतिथि कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्यले जीवनलाई सुखी र खुुसी अनुुभूति गराउन सक्नुपर्ने र उर्जाशिल बन्नुपर्नेमा जोड दिए। शरिरलाई कृयाशिल बनाउन सक्नुपर्ने बताउँदै उनले नयाँ वर्षले सबैमा उत्साह ल्याउने विश्वास व्यक्त गरे।

कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले पछिल्ला समयमा नकारात्मक सोचले समाजमा बढावा पाउने गरेको बताउँदै सकारात्मक सोचको विकास अहिलेको आवश्यकता भएको बताए। समाजले विभिन्न रचनात्मक गतिविधिलाई सञ्चालन गरिरहेको उनले बताए।

अध्यक्ष सुवेदीको सभापतित्व एवम् सचिव महेश पौडेलले सञ्चालन गरेको कार्यक्रममा सल्लाहकारहरू दुर्गाबहादुर शाह (बाबा), भगवान पन्त, विश्वनाथ पराजुली, प्रेमप्रकाश गौतम, देबेन्द्र केसी लगायतले नयाँ वर्षले सबैमा सुख, शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गरे।

समाजले प्रवद्र्धनात्मक भ्रमण गर्ने कस्केली अधिकृत समाजले यही वैशाख १३ गते लम्जुङ जिल्लाका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरूको प्रवद्र्धनात्मक भ्रमण गर्ने भएको छ। समाजले प्रत्येक वर्ष पोखरा र आसपासका विभिन्न धार्मिक एवम् पर्यटकीय स्थलहरूको प्रवद्र्धनात्मक भ्रमण गरिरहेकोमा यसवर्ष लमजुङ जिल्लाका विभिन्न धार्मिक एवम् ऐतिहासिक स्थललाई समेट्न खोजिएको सचिव महेश पौडेलले जानकारी दिए।

यस वर्षको प्रवद्र्धनात्मक भ्रमणमा इशानेश्वर महादेव मन्दिर कर्पुटार, सुन्दर बजार, भोटे ओढार, गाउँशहर लमजुङ दरबार, अपर मस्र्याङ्दी पावरहाउस बादीलगायतका स्थान समेट्न खोजिएको उनले बताए।

समाजकै आयोजनामा यस अघिका वर्षमा स्याङ्जा नुवाकोट, बाग्लुङ जिल्लाको पञ्चकोट, बाग्लुङ कालिका मन्दिर, पर्वत तथा स्याङ्जाका डहरे देउराली, अन्धाअन्धी , भालुपहाडलगायतका गन्तव्यको प्रवद्र्धनात्मक भ्रमण गरिसकिएको छ।

कमेन्ट गर्नुहोस्
Share: