आजको मौसम : यी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

Share:

काठमाडौँ । हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। सोमबार बिहान पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। पछिल्लो ६ घन्टायता कोशी प्रदेशका एक-दुई स्थानमा बाहेक अन्तयत्र वर्षा भएको छैन।

सोमबार दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहने पूर्वानुमान छ।

त्यस्तै  कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

सोमबार राति कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफादेखि आंशिक बदली रहनेछ।

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: