कास्कीका विषयगत कार्यालयहरुको वार्षिक समिक्षा

Share:

रञ्जन अधिकारी पोखरा, १० भदौ / कास्कीमा रहेका सरकारी तथा गैरसकारी कार्यालयहरुकोे वार्षिक प्रगति समिक्षा गरिएको छ । जिल्ला विकास समिति, कास्कीको सभाहलमा आयोजित समिक्षा गोष्ठीमा जिल्ला विकास समितिको कार्यालय लगायत जिल्लाका विकाससँग सम्बन्धित सरकारी कार्यालयहरु, संस्थान, गैरसकारी संघसंस्थाले गत आर्थिक वर्ष २०७१÷७२ मा गरेका कामकारबाहीबारे जानकारी गराएका छन् ।

आर्थिक विकास समिति, भौतिक पूर्वाधार विकास समिति, कृषिसँग सम्बन्धित कार्यालय, सामाजिक विकास समिति, बन तथा वातावरण समिति अन्तर्गतका कार्यालय लगायतले वर्षभरी गरेका कामकारबाही बारे जानकारी गराएका हुन् । समिक्षा गोष्ठीमा सम्बन्धित कार्यालय, संघसंस्थाबाट प्रस्तुत प्रतिवेदन माथि सहभागीहरुबाट आएका टिप्पणी, जिज्ञासाको जवाफ सम्बन्धित संघसंस्थाका प्रमुख एवं प्रतिनिधिले दिएका थिए ।

जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, कृषि सामाग्री कम्पनी लि., कृषि विकास बैंक, कृषि तथा बागवानी फार्म, क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण खानेपानी कार्यालय, पश्चिमाञ्चल सडक डिभिजन कार्यालय नं. २, सिंचाई डिभिजन कार्यालय, खानेपानी संस्थान कास्की, जिल्ला घरेलु तथा साना उद्योग कार्यालय लगायतले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । यसअघि, बुधबार कास्कीका ३२ वटा गाविसका सचिवहरुले बुधबार आफ्ना कार्यालयबाट भएगरेका कामकारबाहीबारे जानकारी गराएका थिए ।

स्थानीय विकास अधिकारी तारानाथ अधिकारीले कामकारबाही चुस्त बनाउन सुझाव दिँदै आफ्नो दायित्वबाट नपन्छन सुझाव दिए । उनले सेवाग्राहीलाई सन्तुष्ट हुने गरी काम गर्न पनि आग्रह गरे । कास्कीका ३२ गाविस कार्यालयका सचिवहरु र स्थानीय विकास अधिकारी तारानाथ अधिकारी कार्यसम्पादन सम्झौता समेत भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: