शिक्षामन्त्रीबाट राजीनामा दिएकी विद्या भट्टराईले छाडिन् मन्त्री क्वार्टर

Share:

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएकी विद्या भट्टराईले भैंसेपाटीस्थित मन्त्री क्वार्टर छोडेकी छिन्। सोमबार प्रधानमन्त्री केपी ओलीलाई राजीनामा बुझाएर उनी सिधैं आफ्नो निजी निवासमा गएकी छिन्।

‘उहाँ आफ्नै चाबहिल घरमा आराम गरिरहनु भएको छ,’ स्रोतले भन्यो, ‘बालुवाटरमा सहयोगीको गाडीमा आउनु भएको थियो ।’ मन्त्री भट्टराईले सरकारी गाडी क्वाटरमै छोडेर गएकी छिन्।

स्वास्थ्यको कारण देखाएर मन्त्री भट्टराईले राजीनामा दिएकी थिइन्। गत असार ३१ मा प्रधानमन्त्री ओलीले उनलाई मन्त्रीमा नियुक्त गरेका थिए। ८ महिनामा नै उनले राजीनामा दिएकी हुन्।

कमेन्ट गर्नुहोस्
Share: