
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले प्रधानमन्त्रीले दिनुपर्ने राजीनामा शिक्षामन्त्रीले दिएको प्रतिक्रिया दिएकी छिन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएकी छिन्।
यसप्रति आपत्ति जनाउँदै पूर्वशिक्षामन्त्री समेत रहेकी सुमनाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपथ्र्यो प्रधानमन्त्रीको।’
उनले थप कटाक्ष गर्दै अघि लेखेकी छिन्,‘‘तर, त्यो पर्दैन, हैन त’
शिक्षक आन्दोलन उत्कर्षमा भएको बेलामा शिक्षामन्त्री भट्टराईले राजीनामा बुझाएपछि सरकारको चौतर्फी आलोचना भइरहेको छ।
कमेन्ट गर्नुहोस्
