कक्षा १२ को परीक्षा स्थगित हुने संकेत, झन्डै ५ लाख ५३ हजार विद्यार्थी अन्योलमा

Share:

काठमाडौँ। कक्षा १२ को परीक्षा स्थगित हुने सम्भावना बढेको छ। शिक्षक आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित गर्ने तयारी गरेको हो।

सम्भवतः मंगलबार बिहान ८ बजे बस्ने बोर्डको बैठकले परीक्षा सार्ने तयारी गरेको हो। केही दिनको लागि सर्ने सम्भावना रहेको स्रोत बताउँछ।

उत्तरपुस्तिका परीक्षा केन्द्रमा पुगिसके पनि केन्द्राध्यक्ष भने काठमाडौँमै छन्।

यदि भोलीबाट आन्दोलन रोकियो भनेपनि टाढाबाट आन्दोलनमा आएका शिक्षक दुर्गम जिल्लामा पुग्न समय लाग्ने छ। परीक्षा स्थगित हुँदा तयारीमा रहेको झन्डै ५ लाख ५३ हजार विद्यार्थी अन्योलमा पर्नेछन्।

कमेन्ट गर्नुहोस्
Share: