सीएम स्वीमिङ पुल अब ‘पोखरा सेन्ट्रल ओयसिस’ का नाममा सञ्चालन

Share:

पोखरा । पोखरा महानगरपालिका-४, तेर्सापट्टीस्थित द क्लब सीएम (सीएम स्वीमिङ पुल) अब नयाँ व्यवस्थापनका साथ अघि बढेको छ।

तेर्सापट्टीमा धेरै वर्षदेखि सञ्चालन हुँदै आएको स्वीमिङ पुललाई स्तरोन्नति गरी नयाँ व्यवस्थापन पक्षले ‘पोखरा सेन्ट्रल ओयसिस’ का नाममा सञ्चालनमा ल्याइएको हो।

भौतिक पूर्वाधार स्तरोन्नति गरी रेष्टुरेन्ट सुविधासहित सञ्चालनमा ल्याइएको एक सञ्चालक शोभा भुसाल देवकोटाले जानकारी दिइन्। तत्काल एक करोड खर्च गरिएको छ।

स्वीमिङ सम्बन्धी सम्पूर्ण तालिम, स्पा, बारिस्टा ट्रेनिङ, क्याफे तथा कन्फरेन्स हल, मेडिटेशन र योगाको सुविधासहित ‘पोखरा सेन्ट्रल ओयसिस’ लाई सञ्चालनमा ल्याइएको सञ्चालक देवकोटाले बताइन्।

‘खानाका पारखीका लागि दाउराबाटै पकाएर खुवाउने व्यवस्था गरिनेछ। पोखराको मुख्य बजारभित्र बसेर प्राकृतिक आनन्द लिने वातावरण मिल्नेछ । त्यसका लागि द्रुत गतिमा निर्माण कार्य भइरहेको छ,’ देवकोटाले भनिन्।

अब जेठ १५ देखि सम्पूर्ण सुविधासहित सञ्चालनमा ल्याइने तयारी गरिएको उनले बताइन्।
यसैगरी स्वीमिङ पुलको स्तरोन्नति गरी खुल्ला गरी सकिएको बताइएको छ।

पोखरामा सबैभन्दा गहिरो (११ फिट) र बच्चाहरूका लागि छुट्टै पुलको व्यवस्था गरिएको जनाइएको छ। सामान्य स्वीमिङको लागि ३५० रुपैंया तोकिएको छ।

जुन पोखरामा सबैभन्दा सस्तो दर हो। बच्चाहरुका लागि २५० रुपैंया मात्र लिने गरिएको सञ्चालक उनले बताइन्। अनुभवी प्रशिक्षकलाई अनुबन्ध गरी पौडीको नियमित प्रशिक्षणको व्यवस्था पनि उनको भनाइ छ।

कमेन्ट गर्नुहोस्
Share: