
पोखरा । मदन भण्डारी फाउन्डेसन कास्कीले शुक्रवार गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई पोशाक र विभिन्न शैक्षिक सामाग्री वितरण गरेको छ।
दियालो फाउन्डेसनसँगको सहकार्यमा विद्यालय पोशाक, कापि, झोलासहितका सामाग्री सो फाउन्डेसनका अध्यक्ष माधब बास्तोलाले वितरण गरेका थिए।
कास्कीका विभिन्न विद्यालयका ८५ जना विद्यार्थीहरुलाई सहयोग गर्ने कार्यक्रम अन्तर्गत आज १५ जनालाई वितरण गरिएको र अन्य विद्यार्थीलाई केही दिनमा वितरण गरिने अभियानका संयोजक रमेश भण्डारीले जानकारी दिए।
अभिभावकहरुले कपि, कलम, लगाउने कपडा, झोला नभएर स्कुल जान नमान्ने बालवालिकाहरुलाई प्रोत्साहन भएको बताउँदै धन्यवाद दिएका थिए।
कार्यक्रममा नेताहरु सुर्य भण्डारी, शेखर गौतम र रेडक्रस कास्कीका सदस्य खगेन्द्र पराजुलीको उपस्थिति रहेको थियो भने कार्यक्रम रमेश भण्डारीले सञ्चालन गरेका थिए।
