
पोखरा । पोखरा महानगरपालिका- १७ स्थित घारीकुलो सहकारीले छैटौं स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा २६ युनिट रगत संकलन भएको छ।
कार्यक्रमको रेडक्रस कास्कीका सभापति उर्मिला खड्काले उद्घाटन गरेका थिए। खड्काले सहकारीले आर्थिक समृद्धिका बाहकसँगै सामाजिक कार्यहरूको अगुवाइमा समेत महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्दै निरन्तर समाज कल्याण र मानवहितका कार्यहरू एक तालिकाको रूपमा समावेश गर्न आग्रह गरे।
कार्यक्रममा घारीकुलो टोल विकास संस्थाका अध्यक्ष गोविन्द गिरी,२३ औं पटकका रक्तदाता दीपेन्द्र पौडेल, सहकारीका व्यवस्थापक दिपक लामिछानेसहितले शुभकामना व्यक्त गरेका गरे।
कल्पना पौडेलको संयोजकत्वमा सञ्चालित कार्यक्रमको सञ्चालन सचिव पवित्रा सुवेदी भण्डारी र स्वागत कोषाध्यक्ष दिपेन्द्र पौडेलले गरेका थिए।
वार्षिकोत्सव कार्यक्रममा सहभागीहरूले सहकारीको संस्थापक अध्यक्ष स्व. ढाकाराम ढकालसहित स्थापनामा महत्त्वपूर्ण योगदान दिने व्यक्तित्वहरूको योगदानको स्मरण गरेका थिए।
संस्थाका अध्यक्ष पुरन गिरकिो अध्यक्षतामा सम्पन्न रक्तदानमा रक्त सञ्चार केन्द्रले प्राविधिक सहयोग उपलब्ध गराएको थियो।
