शिक्षामन्त्रीको उपस्थितिमा आन्दोलनरत शिक्षक र सरकारबीच शिक्षा मन्त्रालयमा वार्ता

Share:

काठमाडौँ । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिहरुबीच वार्ता सुरु भएको छ।सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा  बिहान ८ः ५ बजेदेखि बैठक सुरु भएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तकाे उपस्थितिमा वार्ता सुरु भएकाे मन्त्रालयले बताएकाे छ।

वार्तामा  सरकारकाे तर्फबाट मन्त्री पन्त र  मन्त्रालयका शिक्षा सचिव दिपक काफ्ले  छन् भने आन्दोलनरत नेपाल शिक्षक महासंघकाे तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदी, सह अध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुली , महासचिव मदनराज जोशी, महासचिव तुला बहादुर थापा, लगायत २५ जना सहभागी छन्।

कमेन्ट गर्नुहोस्
Share: