
काठमाडौँमा जारी शिक्षक आन्दोलनमा सहभागिता जनाएर फर्किएका शिक्षक सवार प्र. १-०१-००१ ख ४२३५ नं को यात्रुबाहक बस दुर्घटनामा परेको छ।
काठमाडौबाट झापाको काकडभिट्टा जाँदैगर्दा झापाको दुधे माइधार सडक खण्डको मिलन चोकमा आज शनिबार बिहान ४:४० बजे उक्त बस दुर्घटनामा परेको हो।
दुर्घटनामा परेको बसमा मेचीनगरका १३ जना शिक्षकसहित २३ जना यात्रु रहेको जानकारी प्राप्त भएको छ।
दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय झिलझिलेको सुरक्षाकर्मीको टोलि घटनास्थलमा पुगेको र घाइते हरुको उद्वार गरी अस्पताल लगिएको इप्रका झिलझिलेले जनाएको छ।
बसमा सवार यात्रुहरुलाई सामान्य चोटपटक लागेको तथा दुर्घटनामा घाइतेहरुको बिर्तामोडस्थित बीएण्डसी र बिर्तासिटी हस्पिटलमा उपचार हुँदैगरेको तथा सबै घाइतेहरु हाल खतरामुक्त रहेको जानकारी प्राप्त भएको छ। थप विवरण आउन बाँकी छ।
