
पोखरा । पोखरा महानगरपालिका-२८ र कृषि सञ्जालको आयोजनामा कृषि गीत प्रतियोगिता, बाली उपचार शिविर तथा रैथानी बाली प्रदर्शनी सम्पन्न भएको छ। शनिबार सम्पन्न कृषि गीत प्रतियोगितामा मातृशिशु कृषि समूह प्रथम भएको छ भने काफलघारी पिपलडाली कृषक समूह द्वितीय, विमीरापानी कृषक समूह तृतीय र स्याङ्खुदी कृषक समूह सान्तवनामै चित्त्त बुझाएको छ।
यी सबै विजयी समुहलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे। कालिका महिला कृषक समूह भेषभुषातर्फ उत्कृष्ट हुदैँ नगद ५ हजार प्राप्त गर्यो। प्रतियोगिताका उत्कृष्ट समूहलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर प्रमुख धनराज आचार्य, वडाध्यक्ष श्रीकृष्ण लामिछाने, वडासदस्य लगायत अतिथिहरुले पुरस्कार वितरण गरेका थिए।
प्रतियोगितामा १५ समूहको सहभागिता रहेको थियो। कार्यक्रमस्थालमा बाली उपचार शिविर पनि सञ्जालन गरिएको थियो। शिविरमा वडाका कृषहरुले नगदेवालीमा भएका समस्या वारेमा प्राविधिकसँग परामर्श लिएका थिए। साथै रोगको पहिचान गरी उपचारका लागि परामर्श र औषधी वितरण गरिएको थियो।
कार्यक्रममा वडामा उत्पादन हुने रैथानी बाली धान, मकैँ, जौँ लगायतका बिउबिजन प्रदर्शन गरिएको थियो। कार्यक्रममा नगरप्रमुख धनराज आचार्यले महानगरले कृषि र पशुपालनमा दिर्घकालिन योजना बनाएर अगाडि बढेको जानकारी दिए।
उनले पछिल्लो समय महानगरमा नगदे बालीको उत्पादन बढेको र आयत प्रतिस्थापन हुदैँ गएको बताए। यस्तै महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरीयाले २८ नम्बर वडामा कृषिको विविधता रहेको बताए।
धान, मकैँ, गहुँ, मरिच, मह, खशिबोका, दुध र तरकारी खेतीमा वडामा उत्पादन हुने गरेको कडरीयाले जानकारी दिए। कृषि ज्ञान केन्द्र, कास्कीका प्रमुख किरण सिग्देलले यहाँका जेठेबुडो लगायतका धानका बिउलाई जोगाएर राख्नुपर्ने बताए।
उनले देशलाई खाध्यान्नमा आत्मनिर्भर बनाउने तर्फ ध्यान दिनुपर्ने उनको भनाई थियो। वडानम्बर २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले ग्रामिण वडा भएकाले कृषि उत्पादन बढाउनका लागि वार्षिक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।
किसानलाई प्रोत्साहन गर्न अनुदानका कार्यक्रमहरु महानगर र वडामार्फत किसानको घरसम्म पुर्याइएको उनको भनाई थियो। कार्यक्रमका आयोजक कृषि सञ्जाल पोखरा-२८ का अध्यक्ष राधाकृष्ण तिवारीले वडामा २० वटा कृषक समूह रहेको बताए।
सञ्जालमार्फत किसानका आवाजहरुलाई उठाउने र सरकारका नीति तथा कार्यक्रममा समूहलाई जोड्ने प्रयास गरिएको बताए।
कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णबहादुर केसी, प्याव्सन उपाध्यक्ष विरबहादुर बुढाथोकी, लेखनाथ उद्योग वाणिज्य संघ महासचिव जानुका पराजुली, वडासदस्य डाल्ला देवी भुजेल र विरेन्द्र भण्डारी, नेकपा एमाले वडानम्बर २८ उपाध्यक्ष लक्ष्मी पौडेल, सानाकिसान कृषि सहकारी माझठानाका उपाध्यक्ष सिताराम तिवारीले बोलेका थिए।



