उदयपुरमा स्कारपियो दुर्घटना हुँदा कानुन अधिकृतको मृत्यु, ६ जना घाइते

224
0
Share:

उदयपुरको कटारी नगरपालिका-६, सोमबारेस्थित मदन भण्डारी लोकमार्गमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

चितवनबाट झापातर्फ जाँदै गरेको मे १ च ३०४० नम्बरको स्कारपियो बिहीबार आफैँ अनियन्त्रित भई सडक साइडमा लगाएको फलामको ट्रष्ट बेरियरमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा स्कारपियोमा सवार झापाको दमक नगरपालिका-३ बस्ने ५५ वर्षीय माधव बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । बस्नेत दमक नगरपालिकाका कानुन अधिकृत रहेको खुलेको छ।

दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी पुर्‍याउनासाथ अस्पतालले मृत घोषणा गरेको थियो। अन्य घाइतेहरुको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचार भइरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: