दुई प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो कहाँ-कहाँ पर्छ पानी ?

Share:

काठमाडौँ। हाल देशमा मुख्यतया स्थानीय वायु र पश्चिमी वायुको मुख्य प्रभाव छ। त्यसैगरी बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि प्रभाव छ।

यसको प्रभावले शनिबार बिहान देशैभरि मौसम आशिंकदेखि साधारणतया बदलीको अवस्था छ। बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा वर्षा पनि भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागको पनि एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। त्यस्तै हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

राति पहाडी भूभागहरूमा आंशिक बदलीदेखि साधारतया बदली र बाँकी भूभागमा मौमस मुख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ।

कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी पहाडी भूभागका एकदुई स्थानमा राति पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविद लामिछानेले बताए।

त्यस्तै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागको एक-दुई स्थानमा राति पनि हल्का हिमपातको सम्भावना रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: