
काठमाडौँ । उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले काठमाडौं उपत्यकामा वितरण गर्दै आएको मेलम्ची खानेपानी वितरण बन्द गरिएको जनाएको छ ।
केयूकेएले आज एक सूचना जारी गर्दै मेलम्ची खोलामा बाढीसहित धमिलो पानी आएकाले अर्को सूचना जारी नभएसम्मका लागि पानी वितरण बन्द गरिएको जनाएको छ ।
लिमिटेडले वितरण रोकिँदा हुने असुविधाप्रति क्षमा मागेको छ ।
कमेन्ट गर्नुहोस्
