
पोखरा । पोखरा महानगरपालिका-३ मोहरिया टोलस्थित दुईवटा घरबाट सुनका गरगहना तिलहरी-१ थान, सुनको औंठी-१ थान चन्द्रमा-१ थान र नगद ३ हजार चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा आइतबार दुई जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा म्याग्दी स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका बस्दैआएका २२ वर्षिय अमृत नेपाली र धादिङ स्थायी भई हाल जिल्ला कास्की पोखरा- ३ बस्ने ३४ वर्षिय विनोद नेपाली रहेका छन् ।
उनीहरुलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डकैती सम्बन्धी कसूरमा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
