घरको छतबाट लडेर नेपाल प्रहरीका असईको मृत्यु

215
0
Share:

नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) को मृत्यु भएको छ। आइतबार बिहान ७ः३० बजे इटहरी उपमहानगरपालिका-२०, पुष्पलाल टोलमा निर्माणाधीन घरको छतबाट लडेर ४५ वर्षीय प्रेमबहादुर कटुवालको मृत्यु भएको हो।

निर्माणाधीन घरको छतमा पानी लगाउने क्रममा कटुवाल चिप्लिएर लडेका थिए। लडेर गम्भीर भएका कटुवाललाई तत्काल अस्पताल पुर्याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

कटुवाल जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत थिए र केही दिनको बिदामा आफ्नो घर इटहरी आएका थिए।

कमेन्ट गर्नुहोस्
Share: