पर्वतको घटनामा दोषीलाई कारवाही गर्न माग

Share:

नेकपा एमाले जिल्ला पार्टी कार्यालय पर्वतमा भएको घटनामा दोषीलाई कारबाही गर्न एमाले गण्डकीले माग गरेको छ।राष्ट्रिय युवा संघ नेपाल पर्वतको जिल्ला अधिवेशन तत्काल गर्ने वा पछाडि सार्ने भन्ने विषयमा विवाद हुँदा आज झडप भएको थिए।

झडपमा परी एमाले गण्डकी प्रदेश कमिटी सदस्य अर्जुन पौडेल घाइते भएका थिए। सोही विषयमा प्रेस विज्ञप्ति जारी गर्दै एमाले गण्डकीका अध्यक्ष नवराज शर्माले सांघातिक रूपमा आक्रमण गर्ने जो कोही भए पनि छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।

समस्यालाई शान्तिपूर्ण र विधिसम्मत तवरबाट हल गर्न र अराजक गतिविधिलाई प्रोत्साहन नगर्न प्रदेश कमिटीले अपिल गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: