बैतडीमा काफल टिप्दा रुखबाट खसेर एक किशोरीको मृत्यु

305
0
Share:

बैतडीमा काफल टिप्दा रुखबाट खसेर किशोरीको मृत्यु भएको छ। पुर्चौडी नगरपालिका-९ बथ्थोला तल्लादेहीकी १४ वर्षीय किशोरी सिमा भण्डारीको काफल टिप्ने क्रममा रुखबाट खसेर मृत्यु भएको स्थानीयले बताएका छन्।

उनी बुधबार बिहान करिब साढे १० बजेतिर आमासँग स्थानीय जंगलमा काफल टिप्न गएकी थिइन्। उनको काफलको रुखबाट खसेर घटनास्थलमै मृत्यु भएको स्थानीय शिक्षक नरबहादुर भण्डारीले जानकारी दिए। उनी खेति मावि तल्लादेहीमा कक्षा ८ मा अध्ययनरत थिइन्।

कमेन्ट गर्नुहोस्
Share: