पोखरामा बुद्ध जयन्तीको अवसरमा पेमा धेछेन्लिङ गुम्बामा प्रवचन हुने

Share:

पोखरा । २५६९ औं बुद्ध जयन्तीको अवसरमा बैदाम तामाङ सेवा समाजले प्रवचन कार्यक्रम गर्ने भएको छ। बैशाख २७ गते शनिबार पेमा धेछेन्लिङ गुम्वा लेकसाइड खहरेमा कार्यक्रम हुने समाजका अध्यक्ष ज्याक तामाङले बताए।

पोखरामा आयोजित बुद्ध जयन्ती मुल समारोहकै साप्ताहिक कार्यक्रम अन्र्तगत प्रबचन हुन लागेको तामाङले जानकारी दिए। गौतम बुद्धको जन्म, बुद्धत्व र महापरिनिर्वाण प्राप्त त्रियोग परेको दिन बैशाख पुर्णिमा बुद्ध जयन्तीको अवसरमा खेम्पो आचार्य सम्तेन लामाज्युबाट गुम्बामा बुद्ध प्रवचन हुन लागेको हो।

बिहान ७ बजेबाट शुरु हुने प्रवचन कार्यक्रममा गण्डकी प्रदेशका युवा, सामाजिक तथा खेलकुद मन्त्री विन्दुकुमार थापा प्रमुख अतिथी रहने आयोजकले जनाएको छ ।

यसअघि साप्ताहिक कार्यक्रम अन्र्तगत साइकल र्याली, शुभकामना र्याली, प्राण दान, धर्मदेशना, गणचक्र पुजा, रक्तदान, भोजनदान, फलफुल वितरण कार्यक्रम सम्पन्न भइसकेको छ।

पोखरामा वि.सं. २०१० को दशकको अन्त्यबाट बुद्ध जयन्ती मनाउनृ परम्पराको थालनी भएको हो। पोखरा क्षेत्रमा २०६० सालदेखि सामुहिक रुपमा बुद्ध जयन्ती मनाउन थालिएको हो।

कमेन्ट गर्नुहोस्
Share: