प्रतिशतको हिसाबले देशभरकै बढी बेरुजु हुने महानगरमा पोखरा

Share:

काठमाडौं । देशभरका ६ वटा महानगरपालिकामध्ये सबैभन्दा बढी बेरुजु रकम काठमाडौं महानगरपालिकामा देखिएको छ। प्रतिशतको हिसाबले हेर्दा भने पोखरामा धेरै छ। जसमा पोखरा महानगर पालिकामा गत आर्थिक वर्षमा खर्च भएको रकमध्ये ५० करोड ४३ लाख रुपैयाँ बेरुजु देखिएको छ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक प्रतिवेदन अनुसार देशका अरु सबै महानगरभन्दा पोखराको बेरुजु सबैभन्दा बढी हो। धनराज आचार्य नेतृत्व गरिरहेका छन्। १३ अर्ब ४६ करोड ७२ लाख रुपैयाँको लेखा परीक्षणमा ५० करोड ४३ लाख रुपैयाँ बेरुजु देखिएको छ, जुन ३.७४ प्रतिशत हो।

यसैगरी काठमाडौं महानगरपालिकामा २.४७ प्रतिशत बेरुजु देखिएको छ। रकममा यहाँको बेरुजु ६८ करोड २ लाख रहेको छ। काठमाडौंमा २७ अर्ब ५२ करोड ४४ लाख रूपैयाँको लेखा परीक्षण गरेको थियो। यस महानगरको नेतृत्व बालेन्द्र शाहले गरिरहेका छन्।

त्यस्तै, वीरगञ्जमा २२ करोड ७५ लाख बेरुजु देखिएको छ। यहाँ राजेशमान सिंहले नेतृत्व गरिरहेका छन्। अन्य तीन महानगरको एक प्रतिशतभन्दा कम बेरुजु रहेको छ।

भरतपुर महानगरपालिकाको बेरुजु १० करोड २ लाख रूपैयाँ छ। ०.५२ प्रतिशत रहेको ललितपुरको बेरुजु ५ करोड ५५ लाख देखिएको छ। भरतपुरमा रेनु दाहाल र ललितपुरमा चिरीबाबु महर्जन मेयर छन्।

प्रतिशत र रकम दुवैका हिसाबले सबैभन्दा कम बेरुजु विराटनगर महानगरपालिकाको देखिएको छ। यहाँका मेयर नागेश कोइराला हुन्।

यस महानगरमा २ करोड ८ लाख ५७ हजार बेरुजु देखिएको छ। जुन ०.३२ प्रतिशत हो। यस महानगरको आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब ४४ करोड ७६ लाख रुपैयाँको लेखा परीक्षण गरिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: